विदेश

काबुल विमानस्थलमा मानवीय क्षति हुन सक्ने बाइडेनको चेतावनी


काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडेनले अहिलेसम्म अफगानिस्तानबाट १३ हजारजनाको उद्धार गरिएको बताए । उनले यसलाई ‘अहिलेसम्मकै ठूलो र अति कठिन हवाई उद्धार अभियान’ भनेका छन् ।

बाइडेनले अफगानिस्तानमा रहेका सबै अमेरिकीहरुलाई फिर्ता ल्याउने वाचा गरेका छन् । यस्तै अमेरिकी सैनिकलाई सहयोग गरेका ५० देखि ६५ हजार अफगानीहरुको पनि उद्धार गर्ने उनले बताएका छन् । अफगानिस्तानमा तालिबानले तीव्र गतिमा गरेको कब्जालाई लिएर अन्तर्राष्ट्रिय स्तरमा बाइडेनको आलोचना भइरहेको छ ।