समाचार

हाँस्य कलाकार शम्भुराज थापाको निधन


काठमाडौँ – वरिष्ठ हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमणपछि ललितपुरको पाटन अस्पतालमा उपचाररत थापाको शनिबार विहान ४ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएपछि १९ दिन अघि थापा अस्पताल भर्ना भएका थिए ।

पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थापाले ‘भद्रगोल’, ‘मेरी बास्सै’ लगायत थुप्रै सिरियल, विज्ञापन, चलचित्रमा समेत अभिनय गरेका छन्। उनको परिवारमा सवै कोरोना संक्रमित छन् ।

उनीको श्रीमती, एक छोरा र एक छोरी छन् । थापाको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।