राजनीति

माधवलाई छाडेका नेताको निष्कर्ष, नेपाललाई पार्टी दर्ता प्रक्रिया रोक्न र ओलीलाई कारवाही प्रक्रिया रोक्न दबाव


काठमाडौँ – नेकपा एमालेबाट विभाजित भएको माधवकुमार नेपाललाई साथ नदिएका नेताहरुले पार्टी एकताका लागि जोड दिने निस्कर्ष निकालेका छन् ।

आज महाराजगञ्जमा भेला भएका उनीहरुले पछिल्लो समय पार्टीमा देखा परेका समस्याहरुलाई हल गर्दै पार्टी एकतामा जोड दिने निस्कर्ष निकालेका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा एमालेका नेता गोकर्ण बिष्टले कार्यदलले बनाएको १० बुँदे सहमति अक्षरशः कार्यान्वयन गर्न लगाउने र नेकपा एमालेलाई एकजुट गर्न आफूहरु लागि पर्ने बताउनुभयो ।

उहाँले सरकारले ल्याएको पार्टी विभाजन सम्बन्धी विधेयकको बिरोध गर्ने आफूहरुको एजेण्डा रहेको जानकारी दिनुभयो । नेता बिष्टले पार्टी एकताका लागि माधव नेपाललाई दल दर्ता गर्ने कुरा फिर्ता लिन लगाउने र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि लचकता अपनाउन आग्रह गर्ने विषयमा छलफल गरेको बताउनुभयो ।