राजनीति

नेकपा तीन टुक्रा हुँदा निर्वाचनमा कस्तो पर्ला असर ?


काठमाडौँ – नेपालमा कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहास हेर्दा टुटफुटको श्रृङ्खलाले प्राप्त उपलब्धि नै ओझेलमा पारेको देखिन्छ ।
कम्युनिष्ट सिद्धान्त भन्दा पनि पदीयको भागबन्डा र व्यक्तिवादी सोच हावी भएकै कारण कम्युनिष्ट आन्दोलन र विभारप्रति जनता विश्वस्थ हुन सकिरहेका छैनन् । आखिर किन नेपालका कम्युनिष्टहरु एक हुन सकिरहेका छैनन् त ?

विकास र समृद्धिको नारा बोकेर गठबन्धन सहित निर्वाचनमा होमिएका मुलुकको दुई ठूला कम्युनिष्ट पार्टी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ साल जेठ ३ गते एकता भएको थियो । निर्वाचनमा यी दुई दलले कम्युनिष्ट एकता र स्थायी सरकारको नारा दिएका थिए । सो नारालाई जनताले अनुमोदन गराए ।

एकतापछि बनेको नेकपा विश्वकै दोस्रो ठूलो कम्युनिष्ट पार्टी बन्न सफल भयो । तर विडम्बना पार्टीभित्रको आन्तरिक द्धन्द र सत्ता स्वार्थको राजनीतिका कारण पुनः देशको ठूलो कम्युनिष्ट पार्टी छिन्नभिन्न भएको छ । नेपालको सन्दर्भमा कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहास हेर्दा कम्युनिस्टहरुले अनगिन्ति फुट बेहोरेको देखिन्छ ।

टुटफुट र विभाजनको यो शृङ्खला यतिखेर नेपाल कम्युनिष्ट पार्टी (एमाले) सम्म आएको छ । कम्युनिष्टप्रति घृणा जगाउनकै लागि बाह्य शक्तिको साहायतामा नेपालका कम्युनिष्टबीच टुटफुट हुने गरेको वाम विष्लेषकहरु बताउँछन् ।

गुट र फुट नवेहोरेका नेपाली राजनीतिक दल विरलै छन् । पार्टीको सैद्धान्तिक विचारमा मतभेद भएर नभइ पदको भागबन्डा र व्यक्तिवादी सोच हावी भएको कारण नेपालका राजनीतिक दलहरुमा विभाजन आउने गरेको पाइन्छ ।

पदिय स्वार्थका लागि नेतृत्वले पार्टी विभाजन गर्ने र आफ्नो गुटको पछि लाग्ने कार्यकर्ताहरुका कारण पनि नेपालको कम्युनिष्ट आन्दोलन कमजोर हुँदै गएको छ । त्यसो त नेतृत्वले असन्तुष्ट पक्षलाई वेवास्था गर्ने र एकताको ढोका बन्द गरिदिँदा पनि पार्टीहरुमा विभाजन आउने गरेको कतिपयको बुझाई छ ।

नेपालमा कम्युनिष्ट टुटफुटको इतिहास २०५४ सात यता निरन्तर जारी छ । विकास, समृद्धि र स्थायीत्वको नारा बोकेर जनमत पाएको तत्कालिन नेकपा नै फुटेर तीन टुक्रा हुँदा आगामी निर्वाचनमा यी तीन दलको नारा के होला भन्ने जिज्ञासा सर्वत्र रहेको पाइएको छ ।