राजनीति

महन्थ ठाकुरको पार्टीको नाम परिवर्तन, लोकतान्त्रिक समाजवादी पार्टी राख्ने निर्णय


काठमाडौँ – महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन गरेका छन् । मंगलबार ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको लागि निवेदन दिएको थिए । ठाकुर पक्षका नेता केशव झाका अनुसार पार्टीको नाम लोकतान्त्रिक समाजवादी पार्टी राखिएको जानकारी दिनुभयो ।

तर निर्वाचन आयोगका अधिकारीहरुले सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार एउटा पार्टीको नाममा विशेषण झुण्ड्याएर अर्को दल दर्ता गर्न नमिल्ने बताए । अध्यादेशअनुसार राजनीतिक दलसम्बन्धी नियमावली ल्याएपछि शुक्रबार दल दर्ताका लागि निवेदन दिने क्रममा नयाँ नाम राखिएको छ ।