राजनीति

जसपा आधिकारिकता विवाद : महन्थ ठाकुरको पक्षमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार


काठमाडौँ – सर्वोच्च अदालतले उपेन्द्र यादव पक्षलाई जनता समाजवादी पार्टीको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । महन्थ ठाकुरले दिएको रिटमा सुनुवाई गर्दै न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर भएको छ ।

निर्वाचन आयोगले साउन ११ गते उपेन्द्र यादव अध्यक्ष रहेको भन्दै उनको पक्षमा जसपाको आधिकारिकता प्रदान गरेको थियो । उक्त निर्णयविरुद्ध ठाकुरले अन्तरिम आदेश माग गर्दै रिट निवेदन दिएका थिए ।