विदेश

नेपाली सुरक्षागार्डसहित विदेशी कामदारलाई काबुल छाड्न तालिवानले दियो आदेश



काठमाडौँ – झन्डै एक सय ५० जना नेपाली सुरक्षागार्ड बसिरहेको एक होटलमा नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार र कर्मचारीहरुलाई तालिवानले काबुल छाड्न आदेश दिएको छ ।

तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएका छन् । जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिइएको हो ।

उक्त होटलमा रहेका एक नेपाली सुरक्षा गार्डले विमानस्थल जान सबै साथीहरु होटल बाहिर निस्किएको र अब यहाँबाट विमानस्थल जाने तरखरमा रहेको बताएकाछन्। अमेरिकी सेनाले विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ । सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् । सैन्य विमान मात्रै सञ्चालनमा छन् ।