राजनीति

जनताले ‘वी मिस केपी शर्मा ओली’ भनिरहेका छन् : महेश बस्नेत


काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद् महेश बस्नेतले नेपाली जनताले अहिले केपी शर्मा ओलीलाई सम्झिरहेका बताउनुभएको छ । सोमबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद् बस्नेतले जनताले फेरि पनि केपी ओलीलाई सम्झिन थालिसकेको बताउनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले काम गरिरहेकालाई पनि हटाउन खोजेको बस्नेतले बताउनुभएको छ ।

‘जनताले अहिले ‘वी मिस केपी ओली’ भनिरहेका छन्, किन भने ओली सरकारले विगतमा राम्रो काम गरिरहेको थियो,’ उहाँले भन्नुभयो, ‘वर्तमान प्रधानमन्त्रीले काम गरिरहेका राजदूत हटाउने, नयाँ सरकार बनाउन नसक्ने, परराष्ट्र मन्त्री बनाउन नसक्ने हो भने के फेरि पनि केपी ओलीको सरकार ल्याउनुपर्ने हो ? यो नेपाली जनताको आवाज हो, यसमा सरकारको ध्यान जाहोस्’ ।

अफगानिस्तानमा रहेका नेपालीलाई ल्याउन सरकारले किन ढिला गरिरहेकोमा पनि उहाँले प्रश्न गर्नुभयो ।