देश

अखिल फोर्सद्वारा सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण


काठमाडौँ – केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको छ । सोमबार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा केन्द्रीय अखिल फोर्सले सेनेटरी प्याड भेन्डिङ मेसिन वितरण गरेको हो ।

फोर्सले देशभरका विद्यार्थीका मागहरुलाई सम्बोधन गर्ने र मागहरुलाई उठाउने, शैक्षिक मुद्दाहरुमा केन्द्रित हुने र रचनात्मक काम गर्नेमा अखिल फोर्स लागि पर्ने योजनाअनुरुप काम गरिरहेको अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीले बताउनुभयो ।

अखिल फोर्सले कलेजमा महिलाहरुलाई पर्ने समस्याहरुलाई कलेज प्रशासनसहित कसैले पनि त्यति ध्यान नदिएको भन्दै त्यसलाई मध्यनजर गरेर यो अभियान शुरु गरेको उल्लेख गरेको छ ।