राजनीति

आफ्ना नागरिकको रक्षा गर्न तालिवानको आदेश


काठमाडौँ – तालिबानका प्रवक्ता सुहैल शाहीनले आफ्ना लडाकुलाई नागरिकको रक्षा गर्न निर्देशन दिएका छन् । अफगानिस्तानका नागरिकको अवस्था अब के होला भन्ने चासोकाबीच तालिबानका प्रवक्ता शाहीनले आफ्ना लडाकुलाई नागरिकलाई दुसख नदिन र उनीहरुको रक्षा गर्न आदेश दिएका हुन् ।

प्रवक्ता शाहीनले अनुमति नलिइ नागरिकको घरमा प्रवेश नगर्न र नागरिकको सम्पत्तिमा नोक्सानी नगर्न पनि भनेका छन् । अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेसँगै तालिबानले आफूलाई नागरिकप्रति उदार रुपमा प्रस्तुत गर्ने प्रयास गरेको छ । यसअघि तालिबानले आफूले महिलाको कुण्ठित नगअधिकार कुर्ने र उनीहरुको सम्मान गर्ने पनि बताएको थियो ।