विदेश

हाइटीको भूकम्पमा ज्यान गुमाउनेको संख्या १३ सय नजिक


काठमाडौँ – गत शनिबार हाइटीमा गएको भूकम्पका कारण मृत्यु हुनको संख्या दिनदिनै उकालो लाग्दै गएको छ । गत शनिबार हाइटीमा गएको भूकम्का ७.२ माग्निच्युडको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या करिब १३०० नजिक पुगेको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार आज बिहानसम्म एक हजार २९७ जनाको मृत्यु भएको भएको छ । यो संख्यामा अझै वृद्धि हुने त्यहाँका सरकारी अधिकारीले बताएको छ । भूकम्पमा पाँच हजार सात सय जना घाइते भएको र सयौँको अवस्था अज्ञात रहेकाले मृतकको संख्या अझै बढ्ने देखिएको हो ।

समाचार संस्था सीएनएनले जनाए अनुसार त्यहाँ आपतकालको घोषणा गरिएको छ । सोमबार बिहानसम्म १३ हजार ६९४ घर पूर्ण रूपमा क्षतिग्रस्त भएको पुष्टि भएको छ । यस्तै, अन्य १३ हजार ७८५ घरमा क्षति पुगेको छ ।