राजनीति

अफगानिस्तानका नेपालीको उद्धार गर्न सरकार गम्भीर रहेको प्रधानमन्त्री देउवाको भनाइ


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक अवस्थामा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारीसमेत दिनुभएको छ ।

आज बिहान ट्वीट गर्दै देउवाले सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व भएको बताउनुभएको छ । सजगता र गम्भीरतापूर्वक सरकारले जिम्मेवारी निभाउने देउवाको भनाइ छ ।