राजनीति

मन्त्रिपरिषद्को नियमित बैठक बस्दै


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को नियमित बैठक बोलाएका छन् । बैठक बालुवाटारमा १० बजेका लागि बोलाएको हो ।

आजको बैठकमा नियमित एजेन्डाहरूमा छलफल र निर्णय हुने भनिए पनि केही सचिव र सहसचिव सरुवा पनि हुन सक्ने बालुवाटार स्रोतले प्रशासनलाई जानकारी दिएको छ ।