विदेश

अमेरिकी सेनाले छाडेको ४५ दिनमै ढल्यो अफगान सत्ता , राष्ट्रपति कार्यालय तालिवानको कब्जामा


काठमाडौँ – तालिवान विद्रोहीले अफगानिस्तानको राष्ट्रपति कार्यालय कब्जा गरेका छन् । तालिवान विद्रोहीले अफगानिस्तानको राजधानी काबुलमा रहेको राष्ट्रपति भवन आफ्नो नियन्त्रणमा लिएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

राष्ट्रपति अशरफ घानीले देश छोडेलगत्तै तालिबानले राष्ट्रपति कार्यालय कब्जामा लिएको बताइएको छ । तालिवानले ‘इस्लामिक इमिरेट अफ अफगानिस्तान’ घोषणा गर्न लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । तालिवानको धम्कीपछि राष्ट्रपति घानी र उपराष्ट्रपति अमरुल्लाह सलेहले देश छाढेका थिए । अफगानिस्तानका विभिन्न क्षेत्र कब्जा गरेको तालिवान आइतबार काबुल छिरेको थियो ।

तालिवान काबुल छिरेलत्तै अमेरिकासहित पश्चिमा मुलुकहरुले आफ्ना कूटनीतिक कर्मचारी र नागरिकलाई फिर्ता लगेका छन् । केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइरहेका छन् ।