देश

नवलपरासीमा बस दुर्घटना हुँदा १७ जना घाइते


काठमाडौँ – नवलपरासीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–१६, चालीस किलोमा सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

पूर्व–पश्चिम राजमार्गमा ना ५ ख ६५६७ नम्बरको बस शनिबार बेलुका करिब पौने ८ बजे आफैँ अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका चारजनालाई उपचारका लागि कलेज अफ मेडिकल साइन्स अस्पताल भरतपुर ल्याइएको छ । अरू घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।

बससहित चालकलाई जिल्ला प्रहरी कार्यालय नवलरासी सुस्तापूर्वले नियन्त्रणमा लिएको जनाइएको छ ।