राजनीति

राप्रपाको बैठक आज


काठमाडौँ – राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज सुरु हुँदैछ । राजधानीको एक पार्टी प्यालेसमा दिउँसो तीन बजे सुरु हुने बैठकमा पार्टी महाधिवेशन र समसामयिक बिषयमा छलफल हुने छ ।

बैठकमा अध्यक्ष कमल थापाको संयोजकत्वमा रहेको समितिले तयार पारेको स्थानीय तहको निर्वाचन सम्बन्धी प्रतिवेदन छलफलका लागि प्रस्तुत गरिनेछ । उक्त प्रतिवदेनमाथि आजैदेखि छलफल सुरु हुने नेता मोहन श्रेष्ठले बताउनुभयो । राप्रपाले आगामी कात्तिक २७ देखि ३० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तय गरेको छ ।