राजनीति

जसपाको अगुवा कार्यकर्ता भेला काठमाडौँमा


काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षले आज काठमाडौंमा अगुवा कार्यकर्ता भेला गर्दैछ। साउन २२ गतेदेखि शुरु भएको देशव्यापी अगुवा कार्यकर्ता भेलाअन्तर्गत बागमती प्रदेशस्तरिय भेला आज साढे ११ बजे कालिकास्थानस्थित अमृत भोग पार्टी प्यालेसमा गर्न लागिएको हो ।

आजको अगुवा कार्यकर्ता भेलालाई ठाकुर पक्षका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छ । निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएसँगै महन्थ पक्ष देशव्यापी कार्यकर्ता भेलामा जुटेको छ ।

पार्टीको आधिकारिकता गुमाएको जसपाको ठाकुर–महतो पक्ष दलबिहीनको अवस्थामा छ। नयाँ पार्टी गठनको तयारी स्वरुप यो समूह अहिले देशव्यापी कार्यकर्ता भेला आयोजना गरिरहेको छ। गएको शुक्रबारदेखि सुरु भएको भेला आगामी ९ भदौसम्म सञ्चालन हुने ठाकुर महतो समूहले जनाएको छ।

ठाकुर महतो समूहले महोत्तरी, सप्तरी, सिरहा, बारा, झापा, धनुषा, पर्सा, कैलाली, सुनसरी, सर्लाही, रुपन्देही र कञ्चनपुरमा अगुवा कार्यकर्ता भेला गरिसकेको छ।