राजनीति

मौद्रिक नीतिको सूचना चुहावटामा इम्शनको आपत्ति, गभर्नर अधिकारी छानबिनमा


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छानबिनका लागि फोन गरेका छन् । मौद्रिक नीति चुहावट भएकोबारे राष्ट्र बैंकदेखि अर्थमन्त्रालय र सञ्चार क्षेत्रमा हंगामा भएपछि मन्त्री शर्माले गभर्नर अधिकारीलाई सोधपुछ गरेका हुन् ।

मन्त्री शर्माको जवाफ दिँदै गभर्नर अधिकारीले यसबारेमा थप बुझेर खबर गर्ने जानकारी दिएको मन्त्रीको सचिवालयले जनाएको छ । मन्त्री शर्माले यसबारे अर्थसचिव मधुकुमार मरासिनीसँग पनि सोधपुछ गरेका छन्।

नेपाल राष्ट्र बैंकले शुक्रबार अपरान्ह ४ बजे सार्वजनिक गर्ने भनेको मौद्रिक नीतिको सूचना चुहाएको थियो । मौद्रिक नीति तोकिएको समयभन्दा तीन–चार घण्टा अघि नै केही मिडियाले सार्वजनिक गरेपछि इकोनोमिक मिडिया सोसाइटी (इम्शन)ले आपत्ति जनाएको थियो । २०७६ साल चैत २४ गते अधिकारी गभर्नरमा नियुक्त भएका थिए। राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव, डेपुटी गभर्नरहरू र सरकारले नियुक्त गरेका तीन जना प्रतिनिधि सञ्चालक हुन्छन् जसमा गभर्नर अध्यक्ष रहने प्राबधान छ।