बैँक / वित्त

विदेशबाट पठाएको पैसा बैंकमा राखे ब्याज पाइने


काठमाडौँ –विदेशबाट प्राप्त रेमिट्यान्स बैंकमा राखे थप एक प्रतिशत ब्याज पाइने भएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८र०७९ को मौद्रिक नीतिमार्फत् रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत् भित्र्याउन र बचत गर्ने बानी बसाल्न यस्तो नीति ल्याएको हो।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिमा ‘वैदेशिक रोजगारीमा रहेका नेपालीको विप्रेषण बैंकिङ प्रणालीमार्फत् भित्र्याउन र बचत गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम बैंक तथा वित्तीय संस्थाहरुमा जम्मा गरेमा न्यूनतम १ प्रतिशत थप ब्याज पाउने व्यवस्था मिलाइने छ,’ उल्लेख गरेको छ।