राजनीति

एमालेले आपत्ति जनाएपछि संसद्को रेकर्डबाट मातृका यादवको भनाइ हटाउन निर्देशन


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ‘फिजीकल्ली र मेन्टल्ली ठिक हुनुहुन्न’ भन्ने नेकपा माओवादी केन्द्रका नेता मातृका यादवको भनाइ संसद्को रेकर्डबाट हटाउन सभामुखले निर्देशन दिएका छन् ।

संसद्को बैठक सुरु हुनासाथ नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आपत्ति जनाउँदै तत्काल हटाउन माग गरेका थिए ।

नेकपा एमालेका सांसदहरु उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका थिए ।