राजनीति

आज प्रतिनिधि सभाको बैठक बस्दै, आर्थिक अध्यादेश संसद् पेस गर्ने कार्यसूची


काठमाडौँ – आज प्रतिनिधि सभाको बैठक बस्दै छ । संसद भवन बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूची रहेका छन् ।

आज बस्ने प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले “विनियोजन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसदको महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार, अर्थमन्त्री शर्माले “आर्थिक अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव र “राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ लाई स्वीकृत गर्ने प्रस्ताव पनि पेश गर्नुहुने छ ।

स्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ लाई पेस गर्ने कार्यसुची रहेको छ ।