मौसम

आज पनि भारी वर्षाको सम्भावना


काठमाडौँ – शुक्रबार बिहानैदेखि काठमाडौँ उपत्यकालगायत अन्य केही जिल्लाहरुमा मौसम सामान्य परिवर्तन भइ बाँकी क्षेत्रहरुमा हल्कादेखि मध्यम र भारी वर्षाको सम्भावना रहेको छ । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशका उच्च एवं हिमाली क्षेत्रमा भने हावाहुरीसहित चट्याङ र वर्षा हुने पनि बताइएको छ ।

त्यस्तै, दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यसैगरी राति पनि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश थोरै स्थानहरुमा र गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।