राजनीति

दैनिक दुई लाखलाई खोप लगाउने सरकारको योजना


काठमाडौँ – स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दैनिक दुईलाख जनालाई खोप लगाउने योजना अघि सारेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै श्रेष्ठले अहिले दैनिक दुई लाख जनालाई खोप लगाउने योजना रहेको भन्दै असोज मसान्तसम्म एक करोड ८ लाख खोप आउने सुनिश्चित भएको पनि बताए ।

श्रेष्ठका अनुसार किशोर किशोरीको लागि फाइजर र मोडर्नाको खोप ल्याउने तयारी भइरहेको छ । अहिलेको समयमा नेपालमा पाँच करोड ५० लाख खोपको आवश्यक रहेको छ । जसमा ओली नेतृत्वको सरकारले ९५ लाख सुनिश्चित गरिसकेको छ । असार मसान्तसम्म ४२ लाख खोप लगाइएको र हिजोसम्म ७५ लाख खोप लगाइएको उनले बताए ।

राज्यमन्त्री श्रेष्ठले विगत एक हप्ताको आँकडा हेर्दा संक्रमण बढ्दै गइरहेको बताए ।