राजनीति

तीन तहकै जनप्रतिनिधिहरुको सम्पत्ति छानविन गर्न एमाले सांसदको माग


काठमाडौँ – नेकपा एमालेका सांसद आशा कुमारी विकले जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्न माग गरेकी छन् । बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै विकले तीनवटै तहका जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने आइरहेको भन्दै त्यसबारे छानबिन गर्नुपर्ने माग गरेकी हुन् ।

उनले भनिन्, ‘जनप्रतिनिधिको आर्थिक हैसियत बढेको भन्ने छ । जनप्रतिनिधि र नेताको नाम नै भ्रष्टाचारी भन्ने टोल–टोलमा सुनिन्छ । देउवा सरकारले हनिमुनको पिरियडमा स्थानीय, प्रदेश र संघका प्रतिनिधिहरुको सम्पत्ति छानबिन गरोस भन्ने माग गर्न चाहन्छु ।’