राजनीति

कुलमान घिसिङ प्राधिकरणमा आएसँगै सर्वसाधारण खुशियाली (भिडियोसहित)


काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्त भएका छन् । गत वर्ष उनको कार्यकाल सकिएपछि पुनःनियुक्तिको लागि दिनुहँ प्रदर्शन भएका थिए । तर, घिसिङलाई तत्कालीन सरकारले चासो दिएको थिएन । ११ महिनापछि प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ पुनः नियुक्त भएसंगै सर्वसाधारण उत्साहितबनेका छन् ।

२०७३ भदौ २९ गते विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका कुलमान घिसिङ २०७७ भदौमा २९ गते नै आफ्नो ४ वर्षे कार्यकाल पुरा गरेर विदा भएका थिए । त्यसबेला उनलाई नै पुनः दोहोर्याउनुपर्ने माग जनस्तरमा चुलिएको थियो । उनको पक्षमा दिनहुँजसो प्रदर्शन भए ।

जनस्तरबाट आवाज उठे पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसमा रुचि भने देखाएका थिएनन्। तर, नयाँ सरकार गठन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउबा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री पम्फा भुसालबीच प्रधिकरणमा घिसिङलाई पुनः ल्याउने सहमति भएको थियो ।

घिसिङको यसअघिको कार्यकालमा सुरु गरेका धेरै आयोजना प्राधिकरणको वर्तमान नेतृत्वले अघि बढाउन नसकेको र प्राधिकरण फेरि पहिलेकै अवस्थामा फर्किने जोखिम हुने ठहर गर्दै घिसिङलाई फेरि प्राधिकरणमा ल्याउने निर्णयलाई मन्त्रिपरिषद् बैठकले अनुमोदनगरेको थियो । यता सर्वसाधारण पनि लामो समयको पर्खाईपछि कुलमान घिसिङ प्राधिकरणमा नियुक्त भएपछि उत्साहित भएका छन् ।

कुलमान घिसिङ कार्यकाल सकिएर बिदा भएपछि लोडसेडिङ हुन थालेको भन्दै जनस्तबाट गुनासो आउन थालेको थियो । लामो सययको पर्खाइपछि फेरि पनि कुलमान घिसिङ नै प्राधिकरणमा नियुक्त हुदा धेरै खुसि भएको सर्वसाधारण बताउछन् । अब भने पहिलो कार्यकाल भन्दा बढि काम गर्ने अपेक्षा जनताले राखेका छन् ।

चार वर्षे कार्यकालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । देश लोडसेडिङबाट आक्रान्त भइरहेका बेला चमत्कारिक रुपमा लोडसेडिङ अन्त्य गरेपछि नेपाली माझ कुलमान हिरो भएका थिए ।

कुलमान विद्युत प्राधिकरणबाट बाहिरिएपछि फेरि लोडसेडिङ व्यहोर्नु पर्ने होकि भन्ने चिन्ता आम नेपालीलाई थियो । बेलाबेला बत्ती जाने क्रम बढेको अनुभूति भइरहँदा मानिसहरूले फेरि उनकै नाम सम्झिन थालेका थिए । तर,ढिलै भएपनि कुलमान घिसिङ प्राधिकरणमा नियुक्त भएपछि अव लोडसेडिङ नहुनेमा सर्वसाधारण ढुक्क देखिएका छन् ।