समाचार

त्रिविले आफ्नो परीक्षा नरोक्ने


काठमाडौँ – त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना परीक्षाहरु नरोक्ने भएको छ । हाल चलिरहेको स्नातक प्रथम वर्षको परीक्षा यही साउन २९ गते सकिने भएकाले परीक्षा नरोकिने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

कोरोना तेस्रो लहरको जोखिम बढेको भन्दै कक्षा–१२ को परीक्षा स्थगित गरिएपछि विश्वविद्यालयका परीक्षा पनि रद्द हुने कि निरन्तर हुनेबारे चासो बढेको छ । नियन्त्रक जोशीले स्नातक तह प्रथम वर्षको व्यवस्थापन र विज्ञान विषयको परीक्षा सम्पन्न भएको र मानविकी तथा सामाजिक संकायको परीक्षा मात्रै बाँकी रहेकोले त्यो पनि साउन मसान्तभित्र सकिने हुँदा सीसीएमसीलाई जानकारी दिएरै परीक्षालाई निरन्तरता दिएएको बताए ।

बाँकी विषयको परीक्षा कहिले हुने र कुन विधिबाट गर्ने भनेर टुंगो लगाउन परीक्षा सुधार र त्रिवि परीक्षा बोर्डका पदाधिकारीको छुट्टाछुट्टै बैठक बसेर निर्णय गरिने उनले स्पष्ट पारे । यसका लागि आज दिउँसो साढे १ बजे बोर्डको बैठक बस्दै छ ।