खेलकुद

कोरोनाका कारण एएफसी अवार्ड २०२१ रद्द


काठमाडौँ – कोरोना महामारीलाई मध्यनजर गर्दै कतारको दोहामा तय भएको एएफसी अवार्ड २०२१ रद्द गरिएको छ । एएफसीको आज बसेको कार्यकारी समितिको बैठकले अवार्ड यस वर्ष आयोजना नगर्ने निर्णय गरेको हो ।

कोरोनाका कारण एएफसी अवार्ड रद्द भएको लगातार दोस्रो वर्ष हो । अब अर्को संस्करणको अवार्ड दोहामा गरिने एएफसीले जनाएको छ ।