खेलकुद

थप तीन जना खेलाडीमा कोरोना संक्रमण


काठमाडौँ – टोकियो ओलम्पिक आयोजकले आइतबार थप तीन नयाँ संक्रमित फेला परेको जनाएको छ। ओलम्पिक जुलाई २३ बाट सुरु हुँदैछ। यसअघि शनिबारमात्र चेक गणतन्त्र टिमका एक सदस्यमा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसअघि पनि आयोजक टिमकै दक्षिण कोरियाका एक जना संक्रमित बनेका थिए। ओलम्पिक नजिकिदै गर्दा टोकियोमा लगातार पछिल्लो चार दिन एक हजार नयाँ संक्रमित थपिएका छन् ।