खेलकुद

टोकियो ओलम्पिक खेल्न पुगेका खेलाडी होटलबाटै भए फरार



काठमाडौँ – टोकियो ओलम्पिक खेल्न जापान पुगेको युगान्डेली टोलीका एक खेलाडी होटलबाटै गायब भएका छन् ।

२० वर्षीय भारोत्तोलन खेलाडी जुलियस सेकितोलेको प्रशिक्षण क्याम्प रहेकै बेलामा होटलबाट फरार भएका हुन् । नियमित कोरोना परीक्षणका लागि शुक्रबार अनुपस्थित भएपछि खोजी गर्दा उनी होटलमा नरहेको पत्ता लागेको हो । गत महिना जापान आइपुगेको युगान्डेली टोली ओसाकास्थित इजुमिसनोमा अभ्यास गरिरहेको थियो ।


जुलियसलाई प्रतियोगितामा सहभागी हुन अयोग्य भएपछि केही दिनमै स्वेदश फर्काउने तयारी गरिएको थियो । टोकियो ओलम्पिक यही जुलाई २३ देखि अगस्ट ८ सम्म सञ्चालान हुनेछ ।