खेलकुद

यू–२३ एसियन कप छनोटअन्तर्गत नेपाल समूह ‘बी’ मा


काठमाडौँ – एएफसी २३ वर्षमुनिको एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एएफसीले आज शुक्रवार सार्वजनिक गरेको छनोटको समूह विभाजनमा नेपाल समूह ‘बी’ मा परेको हो ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । समूह ‘बी’ को छनोट खेल आउँदो अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग खेल्नेछ । यस्तै दोस्रो खेलमा ताजिकिस्तान र अन्तिम खेल लेबनानसँग खेल्नेछ ।

छनोटमा रहेका ११ समूहका शीर्ष टोलीले एएफसी २३ वर्षमुनिको एसियन कप खेल्ने छन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोली पनि छनोट हुने छन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।