समाचार

साउन १ गतेबाट यस्ता मोवाईल चल्ने छैनन्

नेपालमै मोवाईल किने त्यसलाई आयातकर्ताले नै दर्ता गरेको हुने छन् भने विदेशबाट व्यक्तिगत रुपमा ल्याएका फोनहरु भने आफैले दर्ता गर्नुपर्ने छ ।


काठमाडौँ – अवैध रुपमा नेपाल भित्रिएका र दर्ता नभएका मोबाइल फोन साउन १ गतेबाट नचल्ने भएको छ । जसका कारण विदेशबाट उपहार वा अबैध रुपमा नेपाल भित्र्याइ सञ्चालन गरिएका मोबाइल प्रयोगकर्ताहरु झस्कीएका छन् ।

अब उप्रान्त नेपालमा दर्ता नभएका मोबाइल फोन नचल्ने भएका छन् । अवैध रुपमा नेपाल भित्रिएका र दर्ता नभएका मोबाइल फोन साउन १ गतेबाट नचल्ने नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । यसअघि पनि बारम्बार यो प्रयास भएपनि अन्तत साउन १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लाई कार्यान्वयन गर्न लागिएको हो । यसले आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र राज्यलाई राजस्वसमेत बढाउन यस्तो नियम कडाइका साथ लागू गर्न लागिएको दूरसन्चार प्राधिकरणको भनाई छ । यो प्रणाली कार्यान्वनमा आएपछि भन्सार, दूरसञ्चार प्राधिकरणसँग लिंक गराइने छ ।

त्यसपछि विदेशबाट भन्सार छलिएर नेपाल भित्रने अवैध मोबाइल र नेपाल भित्र दर्ता बिना चलेका सबै अवैध मोबाइललाई नचल्ने बनाइने छ । तर अहिले चलिरहेको मोबाइल फोनलाई भने निर्वाध चल्न दिने गरि काम भइरहेको प्राधिकरणले बताएको छ । साउन महिना भरि मोबाइल प्रयोगकर्ताले आईएमईआई नं दर्ता गराउन समय दिने तयारी प्राधिकरणको भनाई छ । अहिले प्रचारमा आए जस्तो, बिभिन्न सामाजिक संजालमा भेटिएको गलत सूचनामा सत्यता नभएको प्राधिकरणको भनाई छ । तर नयाँ आर्थिक वर्षबाट भने आईएमईआई नं दर्ता नभएका मोबाइल सेटले काम नगर्ने प्राधिकरणले बताएको छ ।

आगामी साउन १ गते देखि मोबाईल डिभाईस म्यानेजमेण्ट सिस्टम लागु हुने भएकाले अबैध रुपमा भित्रिएका मोबाईल सेट नचल्ने हुन सक्छ । नेपाल सरकारले आगामी बर्षको बजेट सार्वजनिक गर्दा एमडिएमएस लागु गर्ने घोषणा गरेको छ । एमडिएमएस लागु भएपछि आईएमईआई नम्बर दर्ता नभएका मोबाईल सेट चल्न सक्क्तैनन् । अर्थात् यस्ता मोबाईलमा सिम कार्ड राखेपनि काम गर्देन । मोबाईल व्यवसायीले एमडिएमएस लागु भएपछि नेपालमा अबैध मोबाईल नै नरहने बताएका छन् । एमडिएमएस प्रणाली लागु भएपछि मोबाईल कारोबार पारदर्शी हुने बताउनुभयो । करिब ४० अर्बको मोबाईल कारोवारमा १३ अर्बको कारोबार अबैध हुने व्यवसायीहरुको भनाई छ ।

एम डि एम एस प्रणाली पहिलोपटक लागु हुने भएकाले चलिरहेको मोबाईल र विदेशबाट उपहार अनि पर्यटकले बोकेर आउने मोबाईल कसरी चल्न दिने भन्ने बारे मोबाईल फोन आयातकर्ता संघसंग दुरसंचार प्राधिकरणले छलफल गरिरहेको छ । छलफलको क्रममा चलिरहेको फोनलाई निश्चित समय दिएर आईएमईआई नम्बर दर्ता गर्न लगाउने सुझाव व्यवसायीहरुको छ ।

यस्तै पर्यटकले नेपाल घुम्न आउँदा बोकेर आउने फोनलाई १५ दिनसम्म चल्न दिने र फेरि सुचारु गर्नपरे भिषा पासपोर्टको विवरण राखेर गर्न सकिने व्यवस्था मिलाउन दुरसञ्चार प्राधिकरणलाई व्यवसायीहरुले सुझाव दिएका छन । योसंगै अब एउटा भन्दा बढी फोन ल्याउँदा व्यावसायिक हिसाबले फोन ल्याए सरह नै कर लागु हुने छ । फोनको मूल्यका आधारमा सुरुमा २.५ प्रतिशत अन्तः शुल्क र त्यसपछि १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्ने छ । अर्थात नेपालमै मोवाईल किने त्यसलाई आयातकर्ताले नै दर्ता गरेको हुने छन् भने विदेशबाट व्यक्तिगत रुपमा ल्याएका फोनहरु भने आफैले दर्ता गर्नुपर्ने छ ।