समाचार

वायुसेवालाई निजीकरण गर्ने निर्णय फिर्ता नलिँदासम्म आन्दोलन जारी राख्ने कर्मचारीको चेतावनी


काठमाडौँ – नेपाल वायुसेवा निगममा कार्यरत कर्मचारीहरुले निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नहुञ्जेलसम्म आन्दोलन जारी रहने बताएका छन् । आज नेपाल वायुसेवा निगम संयुक्त ट्रेड युनियनले पत्रकार सम्मेलन गर्दै निगमलाई नीजिकरण गर्ने निर्णय फिर्ता नलिएसम्म आफूहरुको आन्दोलन जारी रहने बताएको हो ।

ट्रेड युनियनले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिम प्रकाश पौडेलको राजीनामा समेत माग गरेको छ । सरकारको स्वामित्वमा रहेको निगमलाई कौडिको भाउमा बेचेर नीजिकरण गर्नका लागि कम्पनीको प्रवन्धपत्र र नियमावलीको मस्यौदा समेत तयार पारीसक्दा पनि महाप्रवन्धक पौडेलले सरोकारवालाहरु सँग छलफल नगरेको ट्रेड युनियनको आरोप छ ।