समाचार

थाहा पाउनूस् लिपस्टिक लगाउने सही तरिका


काठमाडौँ – महिलाहरुको मेकअप किटमा एक महत्वपूर्ण सामग्री लिपस्टिक हो । ओठको सौन्दर्यका लागि लिपस्टिक लगाइन्छ । अनुहारमा सबै मेकअप गरे पनि बिना लिपस्टिक फिका हुन्छ । कहिले काहीँ महिलाहरुले सहि तरिकाले लिपस्टिक लगाउन नजान्दा सबै सामु अफ्ठ्यारो पनि महसुस गर्ने गर्दछन् । सहि तरिकाले लिपस्टिक लगाउन जान्न सके थप आकर्षक देखिन्छ ।

यस्ता छन् लिपस्टिक लगाउने सहि तरिका

(लिपस्टिक लगाउनुअघि आफ्नो ओंठलाई हल्का स्क्रब गर्ने, ताकि ओंठको मृत कोशिकाबट छुटकारा मिल्न सकोस् । यसले लिपस्टिक ओंठमा राम्ररी लाग्छ र ओंठको प्राकृतिक रंगसँग मिल्छ पनि ।

(ओंठको मोश्चराइज गर्नु ठीक हो । तर लिप बामको धेरै प्रयोग ठीक हुन्न । यसले लिपस्टिकलाई तपाईको ओंठमा लामो समय टिक्न दिंदैन । बरु, ओंठमा लिप बामलाई हल्कासँग मात्र लगाउने र त्यसको दश मिनेटपछि लिपस्टिक लगाउने ।

( ओंठमा प्राइमरको प्रयोग गर्ने। प्राइमरले लिपस्टिकलाई लामो समयसम्म टिकाउँछ । साथै फैलनबाट पनि बचाउँछ । (हामी जान्दछौ कि, लिप लाइनरको काम हो लिपस्टिकलाई ओंठको भित्र बनाउने । तर, यसलाई ओंठमा लगाउँदा लिपस्टिक लामो समयसम्म टिक्छ ।

( तपाईको लिपस्टिक अक्सर बग्छ भने ओंठमा पारदर्शी वा लुज पाउडर लगाउने । र, त्यसपछि पुन एक पत्र लिपस्टिक लगाउने

(दाँतमा लिपस्टिक लाग्नु हुँदैन । त्यसका लागि लिपस्टिक लगाइसकेपछि एक औंलालाई मुखभित्र राखेर ओंठ खोल्ने र बन्द गर्ने । ओंठमा लगाएको अतिरिक्त लिपस्टिक औंलामा आउँछ ।

(स्टिकलले लिपस्टिक लगाउँदा संभवत यो ओंठको किनार र क्रीजलाई कभर गर्दैन । त्यसैले लिप ब्रसको प्रयोग सहि हुन्छ । यसले ओंठ सुन्दर देखाउँछ । ब्रसको मद्दतले किनारमा पातलो लिपस्टिक लगाउन सकिन्छ ।