समाचार

पर्सामा चट्याङ लागेर ३ जनाको मृत्यु ,१ जना गम्भीर घाइते



काठमाडौँ – मंगलबार बिहान पानीसँगै परेको चट्याङले पर्सामा ३ जनाको मृत्यु भएको छ। चट्याङले १ जना गम्भीर र तीन जना सामान्य घाइते भएका छन्।

सखुवाप्रसौनी गाउँपालिका–४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली–१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी– ३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो । रघुवीर र रसुल भैँसी चराउन खेतमा गएका बेला चट्याङले लागेको थियो भने असरतोमी खेतमा काम गर्दै थिइन् ।

चट्याङ लागेर देवरवानामा ४० वर्षीय राजबंशी महरा गम्भीर घाइते भएकोले उपचारका लागि वीरगञ्ज ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकरी दिएको छ ।