खेलकुद

शहीद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय


काठमाडौँ – शहीद स्मारक ए डिभिजन लिग असोजको पहिलो साताबाट सुरु हुने भएको छ । एन्फा र ए डिभिजन क्लबहरुबीच आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको बैठकले ए डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरेको हो ।

त्यस्तै प्रतियोगिताका लागि खेलाडी दर्ता साउन १५ गतेबाट सुरु गर्ने समेत निर्णय बैठकले गरेको छ । अघिल्लो वर्ष कोभिड महामारीका कारण लिग आयोजना भएको थिएन ।