समाचार

२ हजार १६ मा कोरोना पुष्टि हुँदा झण्डै पाँच हजारजना संक्रमण मुक्त


काठमाडौँ – नेपालमा आज थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार थप २ हजार १६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टाको अवधिमा देशका विभिन्न प्रयोगशालाहरुमा गरी ४ हजार ७०४ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर परीक्षणका क्रममा १ हजार १७४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय १४ जना कोरोना संक्रमणमुक्त भएका छन्। मुलुकभरमा विभिन्न अस्पताल र होम आइसोलेसनमा बसेका ती संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यससँगै नेपालमा कोरोना संक्रमित भई निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ। आज थप २ हजार १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै, सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ४ हजार ८०६ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ८ सय ४२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा देशभर गरी ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना भाइरसको संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ८ हजार ९ सय ७५ पुगेको छ।