खेलकुद

आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिज स्थगित


काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको खेल कोभिड–१९ को कारण स्पेनमा तय भएको सिरिज २०२२ को जुलाईसम्मका लागि स्थगित भएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सिरिज आगामी जुलाई अन्तिममा हुने तालिका रहेको थियो ।

सिरिजका लागि नेपालले गत मंगलबारबाट बन्द प्रशिक्षण समेत सुरु गरेको थियो । बन्द प्रशिक्षणका लागि क्यानले २० खेलाडीलाई प्रशिक्षणमा बोलाएको थियो । तर अन्तिम समयमा आएर कोभिडको कारण देखाउँदै क्यानले सिरिज स्थगित गरेको हो ।