खेलकुद

युरोकपमा आज समूह चरणको अन्तिम खेलहरु हुँदै


काठमाडौँ – युरोकप फुटबलमा आज समूह चरणका अन्तिम खेल हुँदै छन् । प्रतियोगिता अन्तर्गत आज राति लिग चरणका अन्तिम चार खेल हुन लागेका हुन् ।

आज राति पौने १० बजे हुने खेलमा स्पेन र स्लोभाकिया तथा स्वीडेन र पोल्याण्ड भिड्ने छन् । समूह ‘इ’का यी चार टोलीमा स्वीडेन चार अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ भने स्लोभाकिया ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस्तै स्पेन २ अंकका साथ तेस्रो स्थानमा रहेको छ। पोल्याण्ड भने एक अंकका साथ तालिकाको पुछारमा छ ।

त्यस्तै ग्रुप अफ डेथ समूहका चार टोलीको भिडन्त पनि आजै हुँदै छ । समूह एफमा साविक विजेता पोर्चुगल र उपविजेता फ्रान्सबीचको खेल राति पौने एक बजे हुने छ । त्यस्तै त्यही समयमा जर्मनी र हंगेरीबीच प्रतिष्पर्धा हुनेछ । यो समूहमा फ्रान्स चार अंकका साथ शीर्ष स्थानमा रहँदा जर्मनीको तीन अंक रहेको छ । उ दोस्रो स्थानमा रहँदा पोर्चुगल समान तीन अंकका साथ तेस्रो स्थानमा छ। त्यस्तै हंगेरी एक अंकसहित तालिकाको पुछारमा छ ।