खेलकुद

उपराष्ट्रपति पुनद्वारा सरकारको ध्यानकर्षण


काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले खेलाडीहरुलाई मासिक रुपमा दिइने आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आज ओलम्पिक कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले खेलाडीलाई मासिक रुपमा दिइने गरेको आर्थिक सुविधा निरन्तर नभएको गुनासोहरु आइरहेको भन्दै आर्थिक सुविधालाई निरन्तरता दिन सरकारको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले फुटबल र क्रिकेटबाहेकका राष्ट्रिय खेलहरुको नियमित प्रशिक्षण नहुनेगरेको भन्दै सबै खालको राष्ट्रिय खेलको नियमित प्रशिक्षणको पूर्वाधार विकास गर्न पनि ध्यानाकर्षण गराउनुभयो ।

यस्तै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले ओलम्पिकको अभियानले विश्वलाई खेलकुदमा समावेश गराउने गरेको तथा शारिरीक र मानसिक रुपमा तन्दुरुस्त राखेको बताउनुभयो । श्रेष्ठले समाजमा शान्ति स्थापना गर्न र विकासका लागि खेल क्षेत्रको महत्वपूर्ण भुमिका हुने पनि बताउनुभयो ।