खेलकुद

स्विट्जरल्यान्डको पहिलो जितमा शाकिरीको दुई गोल


काठमाडौँ – जेर्दान शाकिरीले दुई गोल गरेपछि स्विट्जरल्यान्डले युरोकप २०२० मा पहिलो जित हात पारेको छ । बाकुमा आइतबार राति भएको समूह ए को खेलमन स्विट्जरल्याण्डले टर्कीलाई ३(१ ले पराजित गरेको हो ।

जितपछि स्विट्जरल्यान्डले वेल्स समान ४ अंक जोडे पनि गोल अन्तरमा वेल्स अघि रह्यो । वेल्स आइतबारै भएको खेलमन इटलीसँग १-० ले पराजित भए पनि समूह उपविजेता बन्यो ।

पहिलो खेलमा वेल्स र स्विट्जरल्यान्डले १-१ को बराबरी खेलेका थिए । दोस्रो खेलमा वेल्सले टर्कीलाई २(० ले पराजित गरेको थियो भने स्विट्जरल्यान्ड इटलीसँग ३-० ले पराजित भएको थियो ।

स्विट्जरल्याण्डका लागि जेर्दान शाकिरीले २६ औँ र ६८औँ मिनेटमा गोल गरे भने हरपस सेफेरोभिकले छैटौं मिनेटमा गोल गरे । टर्कीका लागि इर्फान काहभेचीले ६२औँ मिनेटमा गोल गरे ।
पहिलो जित हात पारेको स्विट्जरल्याण्डले नकआउट चरण पुग्ने सम्भावना कायम राखेको छ तर तेस्रो हुनेमध्ये उत्कृष्ट चारमा पर्न अन्य समूहका खेलको नतिजा कुर्नुपर्नेछ । टर्की लगातार तीन खेल हार्दै अंकविहिन बनेर समूह चरणबाटै बाहिरिएको छ ।