खेलकुद

नेदरल्याण्ड्स १३ वर्षपछि यूरोकप फुटवलको नकआउट चरणमा प्रवेश


काठमाडौँ – अष्ट्रियामाथि २–० को जित निकाल्दै नेदरल्याण्ड्सले जारी यूरोकप फुटवलको नकआउट चरणमा स्थान बनाएको छ । गए राति भएको समूह सीको खेलमा नेदरल्याण्ड्सको जितमा माम्फिज डिपे र डन्जेल डुम्फारिजले गोल गरे ।


पछिल्ला दुई ठूलो प्रतियोगिताहरु विश्वकप र यूरोकपमा छनोट हुन असफल रहेको नेदरल्याण्डस २००८ पछि पहिलो पटक यूरोकपको अन्तिम १६ मा पुगेको हो । समूह सीमा लगातार दोस्रो जितसँगै नेदरल्याण्ड्स ६ अंकका साथ शीर्ष स्थानमा छ। यूक्रेन र अष्ट्रियाको समान ३–३ अंक छन भने उत्तरी म्याकाडोनियाले खाता खोल्न सकेको छैन ।


त्यस्तै, गएराती नै भएका अन्य खेलमा डेनमार्कलाई बेल्जियमले र युक्रेनले नर्थ म्यासेडोनिया पराजीत गरेका छन ।