खेलकुद

कोपा अमेरिका फुटबलमा चिलीसँग अर्जेन्टिना बराबरीमा रोकियो


काठमडौँ – ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा अर्जेन्टिना बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ओलम्पिक निल्टन सान्तोस स्टेडियममा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोक्न बाध्य भयो । ३३औँ मिनेटमा कप्तान लियोनल मेसीले फ्रि–किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

तर, ५८औँ मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए । बराबरीसँगै समूह ए मा रहेका दुबै टोलीले १–१ अंक बाडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ ।