खेलकुद

युरोकप फुटबल २०२० : इङ्ल्यान्डको पहिलो जित, अष्ट्रियाले उत्तर म्यासेडोनियालाई हराउदा युक्रेन नेदरल्याण्ड्ससँग पराजित


काठमाडौँ – इङ्ल्यान्डले युरोकप फुटबल २०२० अन्तर्गत पहिलो खेलमा जित निकालेको छ ।
आइतबार भएको खेलमा इङ्ल्यान्डले क्रोएसियामाथि १–० गोलको जित निकालेको हो । लण्डनमा भएको खेलमा इङ्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रलिङले निर्णायक गोल गरे ।

त्यसैगरि गएराती नै भएको अर्को खेलमा नेदरल्याण्ड्सले युक्रेनलाई हराएको छ । एरेनामा सम्पन्न खेलमा घरेलु टोली नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ गोलअन्तरको रोमाञ्चक जित निकालेको हो ।
त्यस्तै, अर्को खेलमा अष्ट्रियाले उत्तर म्यासेडोनियामाथि जित निकालेको छ । नेशनल एरेना बुकारेस्टमा भएको खेलमा अष्ट्रियाले उत्तर म्यासेडोनियामाथि ३–१ गोलको सानदार जित निकालेको हो । पहिलो हाफ १–१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा अष्ट्रियाले दुई गोल थपेको थियो ।