खेलकुद

कोपा अमेरिकाको उद्घाटन खेलमा घरेलु टोली ब्राजिलको सानदार सुरुवात


काठमाडौँ – कोपा अमेरिकाको उद्घाटन खेलमा घरेलु टोली ब्राजिलले सानदार सुरुवात गरेको छ । स्टेडियो नेशनल डी ब्रसिल्लामा सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा ब्राजिलले भेनेजुएलामाथि ३–० को सानदार जित निकालेको हो ।


खेलको २३ औं मिनेटमा मार्क्विवन्होसको गोल अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो । दोस्रो हाफमा नेइमारले ब्राजिलको अग्रता दोब्बर बनाए । उनले खेलको ६४ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता बनाएका थिए । त्यस्तै ८९ औं मिनेटमा गाब्रियल बरबोसाले नेइमारको पासमा गोल थप्दा घरेलु टोली ३–० को सहज जित निकाल्न सफल भयो ।

प्रतियोगिताको आयोजक अन्तिमसमयमा परिवर्तन गरेपछि विवादमा तानिएको कोपा अमेरिका अन्तत सुरु भएको छ । कोलम्बिया र अर्जेन्टिनामा गर्ने भनिएको यो प्रतियोगिता राजनीतिक तनाव र कोभिड महामारीको कारण देखाउँदै दक्षिण अमेरिकी फुटबल संघले प्रतियोगिता ब्राजिलमा सारेको थियो ।