राजनीति

सभामुखलाई तयारी अवस्थामा रहन विपक्षीको सुझाव (भिडियोसहित)


काठमाडौँ – प्रतिनिधिसभा विघटन पश्चात अन्योलमा रहेका सभामुख अग्नी सापकोटाले शुक्रबार सर्वदलीय बैठक डाकेका थिए । बैठकमा आउन प्रधानमन्त्री ओलीसहित सवै दलका शिर्ष नेताहरुलाई निम्तो पठाएका थिए । तर प्रधानमन्त्री ओलीसहित एमालेका ओली पक्षीय कुनै पनि नेताहरु बैठकमा सहभागि भएनन् ।

विपक्षी गठवन्धनका नेताहरु मात्रै उपस्थीत रहे पनि बैठक चल्यो र सभामुखलाई थप दृढ रहनु आवश्यक कदम चाल्नु परेपनि तयारी अवस्थामा रहन शिर्ष नेताहरुले सुझाव दिए । प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएकाले यसविरुद्ध निरन्तर संघर्ष गर्न जरुरी रहेको बैठकको निष्कर्ष थियो ।

सभामुख सापकोटालाई महत्वपूर्ण जिम्मेवारी काँधमा आउनसक्ने भन्दै सचेत रहन सुझाव दिएका छन् । बैठकले खास त्यस्तो कुनै निर्णायक कदमबारे केही निष्कर्ष निकालेको भने छैन । नेताहरुको भनाई अनुसार सर्वाेच्च अदालतको ध्यानाकर्षण गराउन वा सत्ता पक्षीयहरुलाई दवाव श्रृजना गराउन बैठकको आवह्वान गरेको बुझ्न सकिन्छ । संसद विघटनको मुद्या यतिबेला सर्वाेच्च अदालतमा विचाराधिन अवस्थामा छ । सामान्यतया, अदालतमा विचाराधिन मुद्यामा छलफल र बहस गर्न मिल्दैन । तर अदलातलाई प्रभावित गर्न आफूहरु बैठक नबसेको भन्दै भट्टराईले यस्तो बैठकले अदालतलाई थप सहयोग पुग्ने दावी गरे ।