राजनीति

सभामुखले आह्वान गरेको सर्वदलीय बैठक सकियो


काठमाडौँ – सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठक सकेर सभामुख निस्केका छन् भने विपक्षी नेताहरू बेग्लै छलफलमा जुटेका छन् ।

संसद विघटनपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न सभामुखले बैठक डाकेर छलफल गरेका थिए । बैठकबाट निस्केका सभामुखले पत्रकारसँग कुनै प्रतिक्रिया दिएनन् ।

सभामुखसँगको बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपाका उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच छलफल चलिरहेको छ ।