राजनीति

स्वास्थ्यमन्त्री तामाङले भने : ‘मेरो प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने हो’


काठमाडौँ – नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताउनु भएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताउनु भयो । उहाँले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताउनु भयो ।

उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् ।