राजनीति

नेपाल बहुल राष्ट्र नै रहेको महतोको दावी


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का तर्फबाट मन्त्री बनेका नवनियक्त उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले फेरि पनि नेपाल बहुल राष्ट्रिय राष्ट्र भएको बताएका छन् । उनले नेपालमा बहु जाती, बहुसमुदाय बसोबास गर्ने भएको नेपाल बहुल राष्ट्रिय राष्ट भएको उनको तर्क छ ।
शनिबार आफूसहितका मन्त्रीहरुको स्वागतमा जसपाको महन्थ ठाकुर पक्षले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री नेपाल विभिन्न जातीय, वर्ग समुदायको विविधता भरिएको भन्दै मन्त्री महतोले भने, ‘बहुलता भनेको त्यही हो, त्यसैले बहुल राष्ट्रिय राज्य भनेको हो ।’ बहुल राष्ट्रिय राज्य भएकाले त्यसअनुसार नियम, कानून, संविधान र सहभागिता हुनुपर्ने आफूहरुको मत रहेको उनले बताए ।
यसमा विवाद गर्नुको कुनै अर्थ नभएको भदै महतोले भने, ‘बहुल भनेको एक जात, एक वर्ग, एक समुदाय होइन । सबैको राज्य शासनमा प्रतिनिधित्व हुनुपर्छ । यो नभएसम्म जनताले आफ्नो अधिकार र पहिचानका लागि संघर्ष गरिरहन्छ ।’

उनले नवनियुक्त मन्त्रीहरुलाई सबैभन्दा पहिले पार्टीको नीतिलाई मुख्य ध्यानमा दिँदै काम गर्न निर्देशनसमेत दिए । मन्त्री महतोले थरूहट आन्दोलनमा लागेका पार्टीका नेता रेशम चौधरी जेलमा रहेको बताउँदै सर्वोच्चले मुद्दा टुङ्याएपछि राष्ट्रपतिबाट कैद सजाय माफी गराएर चौधरीको रिहाइ गराउने जानकारी गराए ।

पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि मन्त्री महतो आलोचित बनेका थिए । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै उनलाई मन्त्री नियुक्त गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका थिए। महतो भने आफ्नो भनाइमा अडिग छन् ।