राजनीति

नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडियो ? : बाबुराम भट्टराई


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) का नेता डा.बाबुराम भट्टराईले आफ्नै सहयात्रीहरु ओली सरकारमा सहभागी भएकोमा व्यंग्यात्मक टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जसपाबाट उपप्रधानसहित ८ मन्त्री र दुई राज्यमन्त्री थपेर मन्त्रिपरिषद्मा व्यापक हेरफेर गरेका थिए।

पूर्वप्रधानमन्त्रीसमते रहेका नेता भट्टराईले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘यक्ष प्रश्न(संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाँटी कसरी जोडियोरु’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठामरु नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछरु दुबैको मुकुण्डो उत्रिएन तरु’