राजनीति

नवनियुक्त परराष्ट्रमन्त्री महासेठद्वारा पदभार ग्रहण


काठमाडौँ – नवनियुक्त परराष्ट्रमन्त्री रघुवीर महासेठले शुक्रवार राति नै पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिए लगत्तै उनले परराष्ट्र मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् । राति ९ बजेसम्म कार्यालयमै कुरेर बसेका कर्मचारीहरूले उनलाई स्वागत गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदीप ज्ञवालीलाई हटाएर महासेठलाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन् । आज पुनर्गठन भएको मन्त्रिपरिषदमा जनता समाजवादी पार्टी९जसपा०को तर्फबाट आठ मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् ।